कञ्चनपुर । कञ्चनपुरमा एक घरमा आगलागी हुँदा १५ लाखबढीको क्षति भएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ वनसाहमा स्थानीय गणेश पन्तको घरमा मङ्गलबार बिहान ११ बजे भएको आगलागीबाट १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो।
भान्सा कोठामा राखिएको ग्यास लिक भएर एक्कासी आगलागी भएको हो । दमकल र स्थानीयको सहयोगमा केही घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया