धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पचुइ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धीरबहादुर चन्दमाथि कुटपिट भएको छ । चन्दमाथि चौकी नजिकै कुटपिट भएको हो ।
भारतबाट भित्र्याइएको सामान चेकजाँचको क्रममा चन्दमाथि आक्रमण भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी सागर बोहराले कुटपिटको भिडियो आएपछि अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली पठाइएको बताए । ‘मलको विषयमा विवाद भएको जानकारी आएको छ, थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।
प्रतिक्रिया