ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्जमाथि कुटपिट : आरोपित राना पक्राउ

बुधबार २८, जेठ २०८२ १०:२६

धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका असई बीरबहादुर चन्दमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–८ का राहुल राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सागर बोहराले प्रहरी चौकी पचुईका इन्चार्ज समेत रहेका असई चन्दमाथि कुटपिट गर्ने रानालाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार रानालाई इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । रानाले चेकजाँचका क्रममा केही दिनअघि असई चन्दलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । कुटपिटमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतकाअनुसार चन्दमाथि कुटपिट गर्ने राना स्थानीय हार्डवेयर व्यापारी हुन् । रानाको समूहले भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्दै आएको दाबी गरिएको छ ।
 

प्रतिक्रिया