ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछाममा बालविवाह गरेका किशोरकिशोरी पक्राउ

बुधबार २८, जेठ २०८२ १२:२७

धनगढी । अछाममा बालविवाहका गरेका किशोरकिशोरीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए ।

विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो । प्रहरीले बालविवाहमा संलग्न दुवै किशोरकिशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ । 

उनीहरूमाथि बालविवाहसम्बन्धी अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।  पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

प्रतिक्रिया