ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा लागुऔषधसहित सात जना पक्राउ

बुधबार २८, जेठ २०८२ १२:३६

धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित सात जना पक्राउ परेका छन् । प्रहरीले सुखड, गेटा र धनगढीबाट उनीहरुलाई २७ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका २० वर्षीय उमेश नाथ, सुखड बस्ने १९ वर्षीय विनोद मिजार, १८ वर्षीय नविन मिजार, १९ वर्षीय दिनेशबहादुर विष्ट र साडुपानी बस्ने १८ वर्षीय मुकेश बस्नेत रहेका छन् ।

घोडाघोडी नगरपालिका–१ सुखडस्थित मान्छे नबस्ने घरमा लागुऔषध खाइरहेको अवस्थाबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट २१ ग्राम ८२० मिलिग्राम लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै, गोदावरी नगरपालिका–५ गेटा र धनगढी– २ बाट पाँच ग्राम १८० मिलिग्राम लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ मनहराका १८ वर्षीय मुकेश बस्नेत र वडा नम्बर ९ का २७ वर्षीय चिरञ्जिवी बिकी रहेका छन् । बिक प्रहरी जवान हुन् । पक्राउ परेकामाथि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया