धनगढी । कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
गोदावरी नगरपालिकाको शारदा माविमा कार्यरत शिक्षिका अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडी घर भएकी अवस्थीलाई सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया