ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आज ‘सिनेमा संवाद’ हुँदै

शनिबार ३१, जेठ २०८२ ०९:१९

धनगढी । कैलालीको धनगढीमा आज ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना हुन लागेको छ । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा कार्यक्रम भइरहेको हो ।

कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारको सहभागिता रहनेछ । जेडी एसोसियट्सका प्रबन्ध निर्देशक दिनेश भण्डारीले कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न, सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन तथा नेपाली सिनेमा र संस्कृति विस्तारमा भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेतारनिर्माता–निर्देशक विराज भट्ट, अभिनेता दिव्य देव पन्त, पुष्प खड्का, अभिनेत्री सुरक्षा पन्त र उपासनासिंह ठकुरीलगायत कलाकारहरूको उपस्थिति रहनेछ ।

चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा चलचित्रको गहिरो पक्षबारे संवादको अभाव रहेको भन्दै ‘सिनेमा संवाद’ ले उक्त अभाव पूर्ति गर्ने विश्वास व्यक्त गरेका छन् ।

यो कार्यक्रमपछि सुदूरपश्चिममा पनि ठूला चलचित्र तथा म्युजिक भिडियोहरुको छायांकन हुने र त्यसले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया