काठमाडौँ । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए ।
गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।
यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो । पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए । यस क्रममा पाइलटको ढाडमा चोट लागेको थियो। हेलिकप्टरमा सवार सबै पाँच जना यात्रु सुरक्षित थिए ।
प्रतिक्रिया