ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको उद्योग, वन र पर्यटन क्षेत्रका लागि दुई अर्ब ३८ करोड बजेट

आइतबार ०१, असार २०८२ ०७:५८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा उद्योग, वन र पर्यटन क्षेत्रका लागि दुई अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट वक्तव्य सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । 

मन्त्री थापाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि दुई अर्ब ३४ करोड ४८ लाख बजेट विनियोजन गरेको जानकारी दिए । 

उक्त मन्त्रालयका लागि चालु आर्थिक वर्षमा एक अर्ब ८९ करोड ५२ लाख १० हजार विनियोजन गरिएको थियो । यस वर्ष ५० कराेड बजेट बढाइएको हो ।

प्रतिक्रिया