ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको भौतिक मन्त्रालयलाई साढे १५ अर्ब बजेट, झण्डै एक अर्बले बढ्याे

आइतबार ०१, असार २०८२ ०८:०९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई झण्डै साढे १५ अर्ब बजेट विनियोजन गरेको छ । 

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेट वक्तव्य सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । उनका अनुसार उक्त मन्त्रालयका लागि १५ अर्ब ४० करोड ३० लाख १७ हजार बजेट विनियोजन गरिएको हो । 

सडक निर्माण, खानेपानी योजना निर्माण तथा मर्मत, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका योजनाका लागि बजेट विनियोजन गरिएको मन्त्री थापाले बताए । 

चालु आर्थिक वर्षमा उक्त मन्त्रालयका लागि १४ अर्ब ६० करोड १४ लाख ७४ हजार विनियोजन गरिएको थियो । आगामी वर्षका लागि करिब एक अर्ब बढाइएको छ । पौने नौ अर्ब मात्रै सिलिङ दिइएकोमा अन्तिम समयमा खिचातानीकाबीच भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि बजेट बढाइएको हो । 

प्रतिक्रिया