ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा मोबाइल खरिद गर्न बजेट विनियोजन

सोमबार ०२, असार २०८२ ०३:००

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानमा मोबाइल सहितका विलाशिताका सामाग्री खरिद गर्नका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रदेश सरकारले प्रज्ञा प्रतिष्ठानका लागि मोबाइल सेट खरिद गर्न ४० हजार, कम्प्युटर, ल्यापटप र प्रिन्टर खरिद गर्न तीन लाख र मोटरसाइकल खरिद गर्न तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

यद्दपि, ऐतिहासिक पुरातात्विक तथा सांस्कृति सम्पादाको खोज तथा अन्वेषण गर्न ५० हजार रुपैयाँ मात्रै विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशभित्रका भाषाहरुको अध्ययन तथा अभिलेखीकरण गर्न दुई लाख विनियोजन गरेको छ । प्रदेशको कामकाजको भाषा निर्धारणको तयारी गर्न पनि दुई लाख मात्रै विनियोजन गरेको छ ।

प्रज्ञा प्रतिष्ठानमा उपकुलपति टिएन जोशी बाहेक प्राज्ञहरु र कर्मचारीहरु समेत छैनन् । सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनमा उपकुलपतिलाई मोबाइल सेट, मोटरसाइकल र ल्यापटप सुविधा दिने व्यवस्था गरिएको छैन ।

प्रतिक्रिया