धनगढी । कैलालीको धनगढीमा खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ का १० वर्षीय कृष्णप्रसाद जोशीको मृत्यु भएको हो ।
उनी मंगलबार सोही वडामा नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी नदीमा बेपत्ता भएका थिए ।
बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडाबाट प्रहरी टोली खटिएकोमा खोजतलास गर्दा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया