ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

वन मन्त्री चौधरीलाई राजीनामा दिन मुख्यमन्त्री शाहको निर्देशन

बुधबार ०४, असार २०८२ ०७:३८

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन् ।  बजेट सार्वजनिक भएको केही दिनमै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन निर्देशन दिएका हुन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार उनलाई तत्काल राजीनामा बुझाउन भनिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका चौधरी गत जेठ ४ गते मन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्रीले पदबाट राजीनामा दिन निर्देशन दिएको जानकारी मन्त्री चौधरीले आफूलाई गराएको बताए ।

‘मुख्यमन्त्रीले राजीनामा माग्नुभयो भनेर मन्त्रीज्यूले मलाइ जानकारी गराउनु भएको छ । के कारणले राजीनामा मागिएको हो थाहा भएन’ नेता चौधरीले भने, ‘मन्त्री हटाउने र नियुक्त गर्ने अधिकार मुख्यमन्त्रीको हो ।’ 

आर्थिक लेनदेनसँग सम्बन्धित अडियो सार्वजनिक भएपछि नागरिक उन्मुक्ति पार्टीबाटै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका लक्ष्मणकिशोर चौधरीले गत फागुनमा राजीनामा दिएका थिए ।  

 

प्रतिक्रिया