धनगढी । कैलालीमा छुट्टाछुट्टै नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मोहना नदी र गौरीगंगा खोलामा डुबेर दुई पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कैलारी गाउँपालिका–७ रामपुरका ४५ वर्षीय दुलाराम चौधरीको नदीमा डुबेर मृत्यु भएको जानकारी दिए ।
चौधरी मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । इलाका प्रहरी कार्यालय रामपुर र भुइयाँफाँटा बिओपीबाट खटेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गरेपछि चौधरी मृत फेला परेका हुन् ।
यस्तै, कैलालीकै गौरीगङ्गामा खोलाले बगाउँदा एक पुरुष मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–२ मा खोलाले बगाउँदा ६० वर्षीय नरबहादुर ताम्राकारको मृत्यु भएको डीएसपी सिंहले बताए ।
प्रतिक्रिया