ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा सर्पले डसेर किशोरको मृत्यु

बिहिबार ०५, असार २०८२ १२:४७

डडेल्धुरामा सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु भएको छ । 

बिहीबार परशुराम नगरपालिका–७ सादनीका १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको हो । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका  प्रमुख सुरेश रोकायाका अनुसार बिहीबार बिहान शौचालय गएका भट्टराईलाई सर्पले डसेको थियो ।

तत्काल अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । 

प्रतिक्रिया