विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ ।
बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको हो । उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा विवादका क्रममा बुधबार बिहान रियाजले बाबुमाथि छुरा प्रहार गरेका थिए ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका सचिव अन्सारीलाई तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया