धनगढी । प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख भट्ट उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बाराअन्तर्गत मधेस प्रदेशका आठ वटै जिल्लाका ट्राफिक कार्यालयहररुबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएका हुन् । उनी ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ।
उनलाई छ हजार तीन सय नगद पुरस्कारसहित सम्मान गरिएको हो ।
प्रतिक्रिया