धनगढी । कैलालीमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–१० उदासीपुरकी ७० वर्षीया अनारकली चौधरीको रुखले च्यापिएर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार बुधबार बिहान अन्दाजी साढे ५ बजे चौधरी घर नजिकै रहेको शौचालयमा शौच गर्न गइरहेकी थिइन् । त्यही बेलामा रुख ढलेर उनलाई लागेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया