बैतडी । बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली,परगैरा घर भएकी १७ बर्षीया रश्मी बोहराको बुधबार भीरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् । भीरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।
बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् ।
प्रतिक्रिया