ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

बिहिबार ०८, साउन २०८२ १०:३०

धनगढी । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिका– ५ किउडीमा वा. प्र. ०३–००१ ज ०३३८ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार हिमाली गाउँपालिका– ५ की ७५ वर्षीया बाजा रोकाया र सोही गाउँकी ७५ वर्षीया बिकरा रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।

‘घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन,’ प्रहरी निरीक्षक चौधरीले भने, ‘विहान ९ बजेट जानकारी आएपछि टोली परिचालन गरेका थियौं । घटनास्थलमा पुग्न भने अझै दुई घण्टा लाग्ने जानकारी आएको छ ।’

प्रहरीका अनुसार दुर्घटनामा केही व्यक्ति घाइते पनि भएका छन् । प्रहरी टोली घटनास्थलमा पुग्न नसकेका कारण विस्तृत जानकारी प्राप्त नभएको प्रहरी निरीक्षक चौधरीले बताए । 
 

प्रतिक्रिया