धनगढी । कैलालीमा चरेससहित चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ स्थित बझाङ विपिन होटेलबाट एक जना र गोदावरी नगरपालिका– १ भरतपुरबाट तीन जनालाई पक्राउ गरिएको हो ।
बझाङको छविसपाथिभारा गाउँपालिका– ७ का ३९ वर्षीय गगन बोहराको साथबाट एक किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै, गोदावरी नगरपालिका– १ भरतपुरस्थित पैदल हिडिरहेको अवस्थामा बैतडीको सुर्नया गाउँपालिका–३ बस्ने २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई शंका लागि चेकजाँच गर्दा ४६९ ग्राम चरेससहित पक्राउ गरिएको हो ।
प्रतिक्रिया