ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीका सीमा नाका शुक्रबारदेखि बन्द

शुक्रबार ०९, साउन २०८२ ०४:०२

बैतडी । बैतडीका नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमा भोली शुक्रबार साँझ ७ बजेदेखि बन्द हुने भएको छ । झुलाघाट नाकासहित तल्लोसोराड क्षेत्रमा सञ्चालन रहेका घाटहरु बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । 

भारतको उत्तराखण्ड प्रदेशमा भइरहेको पञ्चायत निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर शुक्रबार साँझ ७ बजेदेखि साउन १२ गते मतदान प्रक्रिया सम्पन्न नहुँदासम्मका लागि सीमा नाका बन्द गरिन लागेको हो ।

भारतीय पक्षले पञ्चायतस्तरको चुनावी सुरक्षाका लागि नाका बन्द गर्न पत्राचार गरेको छ । केही दिन पहिला भारतको पिथौरागढमा सम्पन्न भएको सीमा सुरक्षा समन्वय बैठकमा पनि चुनावको समयमा नाका बन्द गर्ने सहमति भएकाले सोहीअनुसार नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया