ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डा. सुधाले सम्हालिन डडेल्धुरा अस्पतालमा मेसुको जिम्मेवारी

शुक्रबार ०९, साउन २०८२ ०४:३०

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा नयाँ प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (मेसु)का रूपमा डा. सुधा देवकोटा औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छिन् । 

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा निर्देशक रहेकी डा। देवकोटालाई स्वास्थ्य मन्त्री प्रदीप पौडेलले असार ३१ गते डडेल्धुरा पठाउने निर्णय गरेका थिए ।

बिहीबार साँझ डडेल्धुरा पुगेर, शुक्रबारदेखि डा। देवकोटाले अस्पतालको नेतृत्व सम्हालेकी हुन् । जिम्मेवारी ग्रहण कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र निमित्त प्रमेसुका रूपमा काम गर्दै आएका डा। नरेन्द्रकुमार खनालले उनलाई स्वागत गरे ।

अस्पतालमा ११औं तहको प्रमेसुको पद रहेको भए पनि अहिलेसम्म १०औं तहका डा. खनालले जिम्मेवारी सम्हालेका थिए । डा. देवकोटाको जिम्मेवारी सम्हालेसँगै अस्पतालमा गुणस्तरीय सेवा विस्तार र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया