कञ्चनपुर । आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
तीज रानाथारु समुदायको महान् पर्व हो । हिन्दू धर्मावलम्वीहरुले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन रहिआएको छ भने रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ ।
छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको छ ।
यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको छ ।
प्रतिक्रिया