ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जिल्ला प्रहरी कार्यालय दार्चुला सुदूरपश्चिममा ‘सर्वोत्कृष्ट’

शनिबार १०, साउन २०८२ १२:४७

धनगढी । जिल्ला प्रहरी कार्यालय दार्चुला सर्वोत्कृष्ट बनेको छ । गत आर्थिक वर्ष २०८१र८२ का लागि गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालयको रूपमा दार्चुला सर्वोत्कृष्ट घोषित भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समीक्षा कार्यक्रममा दार्चुलाले सबै जिल्लामाथि अग्रता जमाउँदै उत्कृष्टताको उपाधि हात पार्‍यो ।


सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी डम्बरबहादुर बिकको प्रमुख आतिथ्यमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा मातहतका सबै प्रहरी इकाइका प्रमुखहरूले कार्य सम्पादन विवरण प्रस्तुत गरेका थिए ।

कार्यसम्पादन सम्झौताअनुसार प्राप्त तथ्याङ्कहरूको विश्लेषण गर्दा दार्चुला प्रहरीले सबैभन्दा बढी अंक प्राप्त गरेको थियो । कार्यक्रममा डीआइजी बिकले दार्चुला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश दाहाललाई प्रशंसापत्र प्रदान गर्दै बधाई ज्ञापन गरे ।

प्रतिक्रिया