धनगढी । सुदूरपश्चिम प्रदेशमा विपतका घटनामा एक वर्षमा ४० जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०८१र८२ मा १९ पुरुष र २१ महिलाले विपत्को घटनामा ज्यान गुमाएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चट्याङमा सबैभन्दा बढी ११, पहिरोमा सात, बाढीमा छ जनाले ज्यान गुमाएका छन् ।
यसै गरी जनावर आक्रमणबाट चार, आगलागीबाट तीन, हावाहुरीबाट एकलगायत अन्य घटनामा छ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया