धनगढी । कैलालीको धनगढीमा गत साउन ४ गते भएको आगलागीमा छ करोड बढीको क्षति भएको छ ।
धनगढी उपमहानगरपालिका– ४ स्थित आठ वटा सटरमा आगलागी हुँदा छ करोड ३० लाखको क्षति भएको विवरण कैलाली प्रहरीले संकलन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले हेलेन ट्रेडर्सका चार वटा सटर, परिवर्तन इन्पेक्सका तीन सटर र रेस्टुरेन्टकाे एउटा सटर गरी जम्मा आठ वटा सटरमा आगलागी भएकाे बताए।
बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।
प्रतिक्रिया