धनगढी । कैलालीको धनगढीमा खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार दुई स्थानबाट चार जनालाई पक्राउ गरिएको हो ।
धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिक सुपप्र ०१–००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ४ ग्राम ३८० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । मोटरसाइकलमा सवार धनगढी–७ का १९ वर्षीय जीवन मल्ल र २७ वर्षीय आदित्य खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१४ खुटिया टोलमा ३ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रहरीले मोटरसाइकलमा सवार धनगढी–१४ का २५ वर्षीय सुभम राना र सेवा रानालाई पक्राउ गरेको हो।
प्रतिक्रिया