धनगढी । कैलालीको धनगढीमा एक बालकको शव फेला परेको छ । धनगढीस्थित मोहना नदी किनारमा अन्दाजी ९ वर्षीय बालकको सडेको अवस्था शव फेला परेको छ ।
मंगलबार धनगढी उपमहानगरपालिका– १३ स्थित प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि मोहना नदीको किनारमा बालकको शव फेला परेको हो । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
शवको पहिचान भएको छैन । शव पहिचान र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायबउपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
प्रतिक्रिया