बाजुरा । बाजुरामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो ।
खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए ।
उनलाई उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा, बाजुरामा पुर्याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया