ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा बाघको खोजीमा निस्किएको हात्तीसहितको टोली फिर्ता, बाघ भेटिएन

शुक्रबार १६, साउन २०८२ ०४:२२

कञ्चनपुर । कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्ती सहितको टोली फिर्ता भएको छ । बुधबार साँझदेखि बाघको खोजीमा निस्किएको तीन हात्ती सहितको टोली शुक्रबार दिउँसो फिर्ता भएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जिल्लास्थित बेलौरी नगरपालिका–९ आदर्श नगर र प्रगतीटोलमा देखिएको बाघको खोजीका लागि तीन हात्ती सहितको टोली परिचालन गरेको थियो । 

बाघको कुनै सङ्केत समेत फेला नपरेपछि शुक्रबार उक्त क्षेत्रमा चितुवा हुनसक्ने भन्दै टोली फिर्ता बोलाइएको हो । 

प्रतिक्रिया