धनगढी । कैलालीका विभिन्न स्थानमा भोलि तीन घण्टा बत्ति नहुने भएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै त्यसको जानकारी दिएको छ ।
वितरण केन्द्रका अनुसार भोलि बिहान ७ बजेदेखि १० बजेसम्म हसुलिया फिडर र राजपुर फिडरमार्फत प्रवाह भएको विद्युत अवरुद्व हुने जनाएको छ ।
अत्तरिया ग्रिड महाशाले मर्मतको काम गर्ने भएकाले विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया