ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जलस्रोत र पथरैया सिंचाइ कार्यालय आफ्नै भवनमा, मन्त्री पालद्वारा उद्घाटन

शुक्रबार १६, साउन २०८२ ०५:३९

धनगढी । कैलालीको पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालय र भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय धनगढीको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । 

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले दुबै भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री पालले दुवै कार्यालय भवन जीर्ण अवस्थामा रहेकाले आवश्यकता महसुस गरेर प्रदेश सरकारले बजेट विनियोजन गरेर निर्माण गरेको बताए । 

दुवै कार्यालयका भवन सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले गत आर्थिक वर्षको वार्षिक योजनाअनुसार ठेक्का प्रक्रियामार्फत निर्माण गरेको थियो ।

पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयको भवन निर्माणका लागि एक करोड १२ लाख १४ हजारमा ठेक्का सम्झौता भएको थियो । यस्तै, भूमिगत जलस्रोत तथा सिंचाइ व्यवस्थापन कार्यालयको भवन पनि एक करोड १२ लाखमै सम्झौता गरिएको थियो । 

भवन उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदको समेत सहभागिता रहेको थियो ।  

प्रतिक्रिया