ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली र कञ्चनपुरबाट पाँच जना फरार प्रतिवादी पक्राउ

शनिबार १७, साउन २०८२ १०:१८

धनगढी । कैलाली र कञ्चनपुरबाट पाँच जना फरार प्रतिवादी पक्राउ परेका छन् । कैलालीबाट तीन र कञ्चनपुरबाट दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । 

१८ भदौ २०८१ को जिल्ला अदालत कैलालीको फैसलाअनुसार बिना इजाजत वन पैदावार मुद्दामा जनही एक लाख २५ हजार ४६३ रुपैयाँ जरिवाना ठहर भएका तीन जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका– ९ बस्ने ४५ वर्षीय मानसिंह बटला, ४२ वर्षीया निरादेवी मगर र ४६ वर्षीय देबबहादुर चौधरी रहेका छन् । 

यस्तै, जिल्ला अदालत कञ्चनपुरको फैसलाअनुसार लागूऔषधसम्बन्धी मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका –३ बस्ने ३५ वर्षीय खडक बिष्ट र बेदकोट नगरपालिका–६तिलकपुर बस्ने ३४ वर्षीय सागरसिंह साउद रहेका छन् । विष्टलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने साउदलाई १५ दिन कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया