धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–२, स्थित भन्सार क्षेत्रबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका घर भएका २२ वर्षीय हेमराज कुँवर र कैलाली गोदावरी नगरपालिका–११, घर भएका २६ वर्षीय बिक्रम बिक रहेका छन् ।
उनीको साथबाट ८.२३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ स्थित भन्सारको ब्यारेलबाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया