ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारले भदौमा परेको अट्वारी पर्वको बिदा साउनमै दिएपछि...

मङ्गलबार २०, साउन २०८२ ०८:०३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले २०८२ सालको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अट्वारीको अवसरमा भदौ ८ गते सार्वजनिक बिदा दिनेगरी बिदा संशोधन गरेको हो ।

यसअघि, सो पर्वको अवसरमा साउन २५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिइएको थियो । उक्त बिदाको निर्णय प्रदेश राजपत्रमा पनि प्रकाशित भइसकेको थियो ।

तर, थारु समुदायको अट्वारी पर्व यसवर्ष भदौ ८ गते परेकाले बिदा संशोधन गरिएको हो । 

प्रतिक्रिया