ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम लगानी सम्मेलन : दुई वर्षदेखि तयारी मात्रै, सम्मेलन हुँदैन

मङ्गलबार २०, साउन २०८२ ०८:४१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असोजमा आयोजना गर्ने भनेको प्रदेश लगानी तथा विकास सम्मेलनको मिति फेरि सारेको छ । कार्यकारी समितिले गरेको प्रस्तावअनुसार मन्त्रीपरिषद् बैठकले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि असोज १ र २ गते लगानी सम्मेलन गर्ने तयारीमा प्रदेश सरकार थियो । असोजमै लगानी सम्मेलन गर्ने भन्दै प्रदेश सरकारले जेठमा तयारी सम्मेलन पनि गरिसकेको छ ।

लगानी सम्मेलनकै तयारीका लागि थुप्रै समिती बनाएर दर्जनौं बैठक पनि गरिएक छन् । तर, डेढ महिनाअघि फेरि मिति सारिएको हो ।

लगानी सम्मेलनको मिति सरेको यो पहिलोपटक भने होइन । प्रदेश सरकारले ०८० सालमै लगानी सम्मेलनको तयारी गरेको थियो ।

०८० फागुन २३ र २४ गते धनगढीमा आयोजना गर्ने ‘लगानी तथा विकास सम्मेलन’ गर्ने भन्दै तयारी गरिएको थियो । आवश्यक तयारी नपुगेका भन्दै सम्मेलन सार्ने निर्णय गरिएको थियो । ०८१ असोज २१ र २२ गते लगानी सम्मेलन गर्ने भनिएको त्यो बेला पनि हुन सकेको थिएन ।

प्रतिक्रिया