ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम सरकारको एक वर्ष : मुख्यमन्त्रीको नजरमा यस्ता छन् उपलब्धि (पूर्णपाठ)

मङ्गलबार २०, साउन २०८२ १२:५०

धनगढी । कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष पूरा भएको छ । केन्द्रमा गठबन्धन फेरिएसंगै नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले बहुमत जोगाउन नसकेपछि गतवर्ष साउन २० गते काँग्रेस संसदीय दलका नेता शाह दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आफ्नो नेतृत्वको प्रदेश सरकारले एक वर्ष पूरा गरेपछि मुख्यमन्त्री शाहले मंगलबार पत्रकार सम्मेलन गर्दै ३५ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । 
‘मेरो नेतृत्वको सरकारको एक वर्षको अवधि राजनीतिक एवं शासकीय दृष्टिकोणबाट सफल रहेको महसुस गरेको छु,’ मुख्यमन्त्री शाहले भने, ‘यस अवधिमा प्रदेशसभाको विश्वास लिई राजनीतिक स्थायित्वको प्रत्याभूति गरिएकोले सरकार सञ्चालन तथा विकास गतिविधिहरूलाई तीव्रता दिनका लागि उपयुक्त र भरपर्दो आधार निर्माण भएको छ । प्रदेश सरकारको नीति कार्यक्रम र बजेट निर्माण एवं कार्यान्वयनमा वर्तमान सरकारले राजनीतिक सहमति जुटाई साझा कार्यक्रमको रुपमा अपनत्व सिर्जना गर्न सफल भएको छ ।’

सरकारले कार्यान्वयनमा ल्याएको योजना तथा कार्यक्रमले जनमानसमा सुशासन र विकासको नयाँ आशा र भरोसाको सञ्चार भएको मुख्यमन्त्री शाहको दाबी छ । ‘विगतका योजना, विकास र प्रशासकीय कमजोरी सुधार गरी दिगो सुशासन र विकासको प्रत्याभूति दिलाउनेतर्फ निर्देशित भइ वर्तमान सरकार क्रियाशील रहेको छ,’ मुख्यमन्त्री शाहले भने, ‘कर्मचारीतन्त्रलाई कार्यसम्पादनमा चुस्त, पारदर्शी र परिणाममुखी हुन प्रेरित गरिएको छ । नीतिगत र प्रणालीगत सुधारका अतिरिक्त विकास निर्माणलाई तीव्रता दिइएको छ । यस अवधिमा सडक, सिँचाइ र खानेपानी, भवन तथा जनताका आवास लगायतका पूर्वाधारहरु र नदी नियन्त्रण, पहिरो नियन्त्रण लगायतका संरक्षणात्मक कार्यमा उल्लेख्य प्रगती भएका छन् ।’

कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग र उत्पादकत्व अभिवृद्धि गर्ने खालका कार्यक्रमहरू सञ्चालन भएको बताउँदै मुख्यमन्त्री शाहले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धिी.हरू हासिल भएको दाबी गरे । 

प्रदेश सरकारले समग्र शासकीय गुणस्तर एवं सुशासन अभिवृद्धिका क्रियाकलापहरूमा जोड दिएको बताउँदै मुख्यमन्त्री शाहले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रणका सवालमा शून्य सहनशिलताको नीति अवलम्वन गर्दै आएको दाबी गरे । 

प्रतिक्रिया