धनगढी । भारतको उत्तराखण्डको धरालीमा भीषण बाढी आएको छ । त्यहाँस्थित खीर गंगा नामक गाउँ नै बगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बादल फाटेर बाढी आएको बताइएको छ । घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन् ।
उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र धेरै व्यक्ति हराइरहेको भारतीय सञ्चार माध्यमलाई बताएका छन् ।
प्रतिक्रिया