सुर्खेत। गृहमन्त्री रमेश लेखकले कसैको मानवअधिकार हनन नभएको दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेको विषयमा लक्षित गर्दै उनले मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको बताए ।
मंगलवार प्रेस युनियन सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार हरेक मान्छेको मानवअधिकार रक्षाका लागि गम्भीर रहेको बताए ।
लाखौं लाख मान्छेको रकम सहकारीमा हिनामिना भएको बताउँदै लेखकले त्यसबारे अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया