धनगढी । कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारण सभा तथा चुनावी अधिवेशन स्थगित भएको छ ।
संघको निर्वाचन सम्बन्धमा बिहिबार बसेको सर्वपक्षीय बैठकको सुझाव अनुसार संघको कार्यसमिति बैठकले मुलुकमा उत्पन्न वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गर्ने निर्णय गरेको हो । आउँदो दशैं र तिहारको बिचमा उपयुक्त मिति निर्धारण गरी संघले ५१औं साधारण सभा तथा चुनावी अधिवेशन गरिने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
संघको २२ सदस्य कार्यसमितिका लागि गतशुक्रबार नै उम्मेद्वारी दर्ता भइसकेको छ भने उम्मेद्वारहरुको अन्तिम नामावली पनि प्रकाशन गरिएको छ । अध्यक्ष पदका वर्तमा बरिष्ठ उपाध्यक्ष पुस्करनाथ ओझा र पूर्वमहाससचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । संघको पदाधिकारी तथा सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
संघका उम्मेद्वारहरुले निर्वाचनका लागि प्रचारलाई तिब्र बनाएको बेला जेन–जी आन्दोलन भई मुलुक नयाँ परिस्थितिमा पुगेकाले संघले निर्वाचन स्थगित गरेको अध्यक्ष कुँवरले बताए । उनका अनुसार संघका दुई हजार २७४ जना सदस्यले मतदानमा सहभागी हुनेछन् ।
प्रतिक्रिया