राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि पुन मन्त्री बन्न लागेका हुन् ।
पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
२७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छैनन् ।
प्रतिक्रिया