धनगढी । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गलत कार्यको अनुशरणले सहकारीमा समस्या आएको बताएका छन् । नवजीवन सहकारी लिमिटेडको वार्षिकोत्सव तथा कृषि उपज आयोजनाको आज कैलालीको मजगाउँमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सहकारीमा लक्ष्य र उद्देश्य विपरितको काम गर्ने परिपाटीको विकास भएको बताए । सानो मुलुकमा ३१ हजार ४०० सहकारी धेरै रहेको बताउँदै मन्त्री अधिकारीले सहकारी मर्जको कुरा अगाडि बढाइएको बताए ।
प्रतिक्रिया