ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा थपिए छ हजार बढी मतदाता

बिहिबार २०, कार्तिक २०८२ १०:१९

धनगढी । सुदूरपश्चिम प्रदेशमा छ हजार बढी मतदाता थपिएका छन् । फागुन २१ गतेका लागि निर्वाचन तोकिएपछि प्रदेशमा छ हजार २१२ नयाँ मतदाता थपिएका हुन्  । 

असोज १० देखि कात्तिक १७ सम्म प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य मतदाता थपिएका हुन् । कैलालीमा एक हजार ८४८, कञ्चनपुरमा एक हजार ५९३, डडेल्धुरामा १९१, डोटीमा १९१ नयाँ मतदाता थपिएका छन् ।

बैतडीमा ४४८, अछाममा ६२५, बझाङमा ५४२, बाजुरामा ३४३ नयाँ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया