ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दुई दिनभित्र राजीनामा दिन गृहमन्त्रीलाई सुदन आग्रह

बिहिबार २०, कार्तिक २०८२ ०२:०८

काठमाडौं । हाम्रो नेपालका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई जनता र जेनजीका माग पूरा नभए चुनाव गर्न नदिने चेनावनी दिएका छन् ।

गुरुङले गृहमन्त्री अर्याललाई जेनजीको मागअनुसार भ्रष्टाचार गर्नेलाई कारबाही नगरेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिन भनेका छन् ।

उनले आज सामाजिक सञ्जालमा भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर भन्ने आवाज उठ्दा जेन–जीलाई कारबाही गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।’

उनले गृहमन्त्री अर्याललाई दुई दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन् ।

प्रतिक्रिया