ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा सेनाको तैनाथीमै लुटिएको थियो सरकारी गाडी, दुई महिनासम्म भेटिएन

शुक्रबार २१, कार्तिक २०८२ १२:०५

धनगढी । जेनजी आन्दोलनको भोलिपल्ट कैलालीको धनगढीबाट लुटिएको सरकारी गाडी दुई महिना पुग्नै लाग्दासमेत भेटिएको छैन । सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकाय (डडेल्धुरा मेडिकल कलेज)का डिन डा. हेमनाथ जोशीले प्रयोग गर्दै आएको बा २ झ २८५९ नम्बरको स्कारपियो गाडी २५ भदौमा घरबाटै लुटिएको थियो । 

‘धनगढीस्थित घरमा पार्किङ गरेर गाडी राखेको थिए,’ जोशीले भने, ‘चोकमा लगेर गाडीमाथि आगजनी गर्ने भन्दै मास्क लगाएर आएका ८–१० जना युवा गाडी चलाएर गए । लगत्तै चोकमा पुग्दा गाडी भेटिएन् ।’ २४ रातिदेखि नै सडकमा सेना परिचालन भइसकेको थियो । हसनपुरको डिभोटी चोकमा पनि सेना तैनाथ थियो । 

घरबाटै गाडी लुटिएपछि डिन जोशीले जिल्ला प्रहरी कार्यालय कैलालीलाई जानकारी गराएका थिए । कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले गाडीको खोजी भइरहेको जानकारी दिए । ‘सिसिटिभी फुटेजमा गाडी हसनपुरबाट पूर्वतर्फ गइरहेको देखिएको छ,’ डीएसपी सिंहले भने, ‘गाडी र गाडी लुट्नेहरुको खोजी भइरहेको छ ।’
 

प्रतिक्रिया