धनगढी । कैलालीको धनगढीमा १८ मंसिरदेखि राइजिङ स्टार प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । धनगढीमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । `सर्वोत्कृष्ट खेलाडीलाई नगद तीन हजार, उत्कृष्ट ब्याटर र बलरलाई दुई-दुई हजार तथा उदयमान खेलाडीलाई १५ सय प्रदान गरिने छ,´ शाहीले भने ।
राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल हरिश शाहीले प्रतियोगिता धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा हुने जानकारी दिए । टिम दर्ता खुलिसकेको बताउँदै प्रतियोगिता टि-२० फर्मेटमा हुने शाहीले जानकारी दिए ।
प्रतिक्रिया