ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
भोलि र पर्सि ट्यालेन्ट हन्ट

सुदूरपश्चिम रोयल्स विजेता बने नौ जिल्लामै ट्रफी परेड गरिने

शनिबार २२, कार्तिक २०८२ ०५:३१

धनगढी । एनपीएलको टिम सुदूरपश्चिम रोयल्सले दुई दिन ट्यालेन्ट हन्ट गर्ने भएको छ । भोलि र पर्सी धनगढीमा ट्यालेन्ट हन्ट हुने रोयल्सका प्रशिक्षक जगत टमटाले जानकारी दिए ।

धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक टमटाले हन्टबाट उत्कृष्ट एक खेलाडीलाई छनोट गरेर रोयल्सको स्क्वाइडमा समावेश गरिने बताए ।

यस्तै पत्रकार सम्मेलनमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले ट्रफी टूर सुदूरपश्चिमभर गर्ने इच्छा भएर पनि समय अभावले कैलाली र कंचनपुरमा मात्रै सिमित भएको बताए । `उत्कृष्ट प्रदर्शन गर्दै एनपीएलको उपाधि जितियो भने नौ जिल्लामै ट्रफीसहित हामी जान्छौं ।´

प्रतिक्रिया