ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी उपमहानगरको माओवादी अध्यक्षमा ऐर

मङ्गलबार ०३, पुष २०८१ ०१:३३

धनगढी । नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगरपालिकाको अध्यक्षमा बलबहादुर ऐर निर्वाचित भएका छन् । पार्टीको धनगढी उपमहानगरपालिका अधिवेशनबाट अध्यक्षमा ऐर निर्वाचित भएका हुन् ।

ऐरले निकटतम प्रतिद्वन्द्वी ललित खत्रीलाई पराजित गरे । ११ जना उम्मेदवार रहेको उपाध्यक्षमा रमेश भट्टराई, रामबहादुर चौधरी र धनबहादुर चौधरी निर्वाचित भएका छन् ।


यस्तै सचिवमा सुरेश सुनार, सहसचिवमा मुकेश रैका र कोषाध्यक्षमा सबिन गिरि निर्वाचित भएका छन् । पार्टीको दोश्रो अधिवेशनबाट ७१ सदस्यीय उपमहानगर समिति निर्वाचित भएको हो । 

प्रतिक्रिया