धनगढी । कैलालीको धनगढीमा रहेको बाल्मिकी इन्टरनेशनल स्कुल १८ मंसिरदेखि हुने राइजिङ स्टार प्रिमियर लिग (आरपीएल) क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक भएको छ । आयोजक राइजिङ स्टार बोर्डिङ स्कुल र बाल्मिकी इन्टरनेशनल स्कुलबीच आज मुख्य प्रायोजनका लागि सम्झौता भएको हो ।
राइजिङ स्टारका प्रवन्ध निर्देशक कलेन्द्र शाही र बाल्मिकीका अध्यक्ष दिनेश भण्डारीबीच सम्झौतामा हस्ताक्षर भयो । सम्झौतापछि भण्डारीले बाल्मिकीले गुणस्तरिय शिक्षासंगै खेलकुदमा पनि लगानी गर्दै आएको बताए ।
आयोजकका अनुसार प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक शाहीले प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । `सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई-दुई हजार प्रदान गरिने छ,´ शाहीले भने ।
प्रतियोगिता धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा हुने जानकारी दिए । प्रतियोगिताका लागि टिम दर्ता खुलिसकेको छ भने प्रतियोगिता टि-२० फर्मेटमा हुने शाहीले जानकारी दिए ।
प्रतिक्रिया